टिप्परको ठक्करबाट २ बालिकाको मृत्यु भएपछि गाेकर्णेश्वरकाे स्थिति तनावपूर्ण

काठमाडाैं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा टिप्परको ठक्करबाट स्कुल गइरहेका २ बालिकाको मृत्यु भएपछि त्यहाँकाे स्थिति तनावपूर्ण बनेको छ ।

आक्रोशित स्थानीयले सडक अवरुद्ध गरी तोडफोड गरेका छन् । स्थानीय वर्ल्ड युथ इन्टरनेसनल स्कुलमा अध्ययनरत रोहन घिसिङका छोरीहरू सृष्टि र श्रेयाको बिहान ८ः३० बजे टिपरको ठक्करबाट मृत्यु भएकाे हाे ।

घिसिङले दुवै छोरीलाई मोटरसाइकलमा राखेर स्कुल लैजाँदै गर्दा बा४ख ६९६५ नम्बरको टिप्परले ठक्कर दिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको थियाे ।

छोरीहरू लिएर स्कुल जाँदै गरेका घिसिङ पनि गम्भीर घाइते भएका छन् । घाइते घिसिङको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ ।

अहिले दुई पक्षबीच वार्ताको तयारी भइरहेको पनि प्रहरीले जनाएकाे छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१