
काठमाडाैं । नेपालमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ३ हजार ९ सय ४० पिसिआर परिक्षणका क्रममा २५ जना र १ हजार २ सय ५२ एन्टीजेन परिक्षणका क्रममा १ जनाका कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, कोरोनाका कारण बुधबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार थप ७७ जना कोरोनामुक्त भएका छन् । हाल नेपालमा १ हजार १ सय ४६ सक्रिय संक्रमित रहेका छन् ।