
काठमाडाैं । बिहीबार नेपाली बजारमा सुनको भाउ बढेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन बुधबारको तुलनामा प्रतितोला १ सय रुपैयाँ बढेको हो ।
छापावाल सुन प्रतितोला ९८ हजार ९ सय रुपैयाँ पुगेको छ । त्यस्तै, तेजावी सुनको भाउ पनि ९८ हजार ४ सय रुपैयाँ पुगेको छ ।
चाँदीको भाउ भने बुधबारको तुलनामा प्रतितोला १० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला १३५० रुपैयाँमा कारोबार भइरहेको छ ।