
काठमाडाैं । त्रिदेशीय अन्तर्राष्ट्रिय श्रृंखलाअन्तर्गत पपुवा न्यु गिनी (पीएनजी)विरुद्ध नेपालले २०४ रनकाे विशाल लक्ष्य प्रस्तुत गरेकाे छ । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाए ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा चौथो नम्बरमा ब्याटिङका लागि आएका दीपेन्द्रले २८ बलमा दुई तीन चौका र एक छक्कासहित ५० रन पूरा गरे । उनले कुल ६६ रन बनाए ।
यस्तै, नेपालका अर्का खेलाडी आदिल आलमले पनि आक्रामक ब्याटिङ गरे । डेब्यू खेल खेलेका आदिलले ११ बलमा १ चौका र ३ छक्कासहित ३३ रनको विष्फोटक इनिङ खेले ।
घरेलु मैदानमा आफ्नो ५०औं टी–२० अन्र्तराष्ट्रिय खेल खेलीरहेको नेपाल जारी खेलमा पीएनजीलाई हराउन सके एक खेलअगाबै फाइनल पुग्नेछ ।