
काठमाडाैं । पेट्रोलियम पदार्थको अभाव हुने डरमा पेट्रोल पम्पमा उपभोक्ताको लामो लाइन लागेको छ ।
पेट्रोलियम पदार्थको बिक्रीबापतको कमिसनको रकम नपाएको भन्दै ढुवानी व्यवसायीले पेट्रोलियम पदार्थ ढुवानी ठप्प पारेपछि अभाव हुने डरमा उपभोक्ता लाइनमा छन् ।
उपत्यकासहित देशका विभिन्न ठाउँमा विहानैदखि पेट्रोल पम्पमा उपभोक्ताको लाइन छ । नेपाल आयल निगमसँग विभिन्न माग राख्दै व्यवसायीले पेट्रोलियम पदार्थको ढुवानी देशभर ठप्प बनाएका छन् ।
नेपाल आयल निगमले आन्दोलनका कार्यक्रमहरु स्थगित गर्न पेट्रोलियम व्यवसायीलाई आग्रह गरेको छ । तर, व्यवसायीले उक्त आग्रह अस्वीकार गरी ढुवानी ठप्प पारेका छन् ।
व्यवसायीहरुले डिपोबाट इन्धन लोड/अनलोड नै बन्द गरेपछि समस्या समाधानका लागि आयल निगम अहिले छलफलमा जुटेको छ । समस्याकाे समाधान छिटाे गर्ने निगमका प्रवक्ता विनितमणी उपाध्यायले जानकारी दिए । उनले भने ‘हामी समस्या समाधानका लागि प्रयासरत छौँ ।’