थपिए ११ जना कोरोना संक्रमित

काठमाडाैं । नेपालमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिउको २ हजार ८३ पिसिआर परिक्षणका क्रममा १० जना र १ हजार २ सय ७७ एन्टीजेन परिक्षाण्का क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै कोरोनाका कारण शनिबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप ९० संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६५ हजार ५ सय ५९ जना निको भएका छन् । हाल नेपालमा ९ सय ४१ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१