
काठमाडौं । उदयपुरमा विद्यालय जाने क्रममा एक छात्राको हत्या भएको छ ।
बेलका नगरपालिका-३ उदयपुरस्थित कोशी जनता माध्यमिक विद्यालयमा अध्ययनरत कविता सुनुवारको हत्या भएको हो ।
१० कक्षामा अध्ययनरत् सुनुवारको मंगलबार बिहान अतिरिक्त कक्षा (कोचिङ) पढ्न घरबाट विद्यालय जाने क्रममा सोही नगरपालिकाको यसोदा खोलामा हत्या भएको हाे ।
विद्यालयले विज्ञप्ति निकालेर घटनाको छानबिन र दोषीमाथि कारबाहीको माग गरेको छ ।