सुनकाे मूल्य बढ्याे, चाँदीकाे मूल्यमा सामान्य गिरावट

काठमाडाैं । बिहीबार नेपाली बजारमा सुनको भाउ बढेको छ ।

बुधबारको तुलनामा सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

बुधबार छापावाल सुनको भाउ प्रतितोला ९९ हजारमा पुगेको छ। त्यस्तै, तेजावी सुनको भाउ ९८ हजार ५ सय रुपैयाँमा पुगेको छ ।

चाँदीको भाउमा पनि सामान्य गिरावट देखिएको छ । चाँदी प्रतितोला १ रुपैयाँले घटेर १२३४ मा कारोबार भइरहेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१