
काठमाडौं । पूर्वी युक्रेनको क्रामास्टोर्क सहरको ट्रेन स्टेशनमा रकेट हमला भएकाे छ । हमलामा ३० जनाको मृत्यु भएको छ भने एक सयभन्दा बढी घाइते भएका छन् ।
उक्त स्टेसन युक्रेनी आम मानिसहरूले सहर छोड्नको लागि प्रयोग गरिररहेकाे एपीएफले जनाएको छ ।
शुक्रबार भएको उक्त रकेट हमला सहर छोडेर बाहिर जान चाहेका युक्रेनी नागरिकहरूलाई लक्षित गरी रुसद्वारा प्रहार भएको एपीएफको रिपोर्टमा उल्लेख छ ।
पछिल्लो समय रुसमाथि युद्ध अपराध र मानव अधिकार हननको आरोप लागिरहेको अवस्थामा यो घटना सार्वजनिक भएको हो ।
रुसले युक्रेनको बुचा सहरमा पनि आम मानिसहरूको हत्या गरी युद्ध अपराध गरेको बताइएको छ जसका कारण रुसलाई मानव अधिकार परिषद्बाट समेत निलम्बित गरिएको छ ।