
काठमाडौं । कोरोना भाइरसको संक्रमणले विश्वलाई विगत तीन वर्षदेखि थिलथिलो बनाइरहेको छ भने लाखौँ मानिसहरुको ज्यान लिएको छ । सन् २०१९ को डिसेम्बर अन्तिममा देखिएको कोरोनाको प्रकोप सन् २०२० मा महामारीको रुप लिएको थियो ।
महामारी सुरु भएको दुई वर्षभन्दा बढी भइसक्दा पनि संक्रमण नियन्त्रणमा आउन सकेको छैन । यसको उत्पत्तिबारे पनि केही खुल्न सकेको छैन ।
अन्तर्राष्ट्रिय वैज्ञानिकहरूले गत शनिबार दुई ठूला अध्ययन प्रतिवदेनहरु सार्वजनिक गरेका छन् । जसमा एक सहभागीले चीनको वुहानको बजार नै कोरोना महामरीको स्रोत भएको विषयमा ‘असाधारण रूपमा स्पष्ट’ भएको बताइएको छ ।
यसअघि चिनियाँ सरकारी प्रयोगशालाबाट कोरोना उत्पत्ति भएको बताइएको थियो । तर, चीनले भने प्रयोगशालाबाट नभएको दाबी गर्दै आएको थियो । यसअघि विश्व स्वास्थ्य संगठनको टोलीले पनि चीनको वुहानमा पुगेर अनुसन्धान थालेको थियो । उक्त अनुसन्धानले पनि चिनियाँ प्रयोगशालाबाट कोरोना फैलिएको प्रमाण नभेटिएको बताएका थिए ।
जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार, बाल्टिमोरमा, दुई वर्ष पछि विश्वव्यापी मृत्युको संख्या पाँच करोड १० लाखभन्दा बढी पुगेको बताएको छ । गत वर्ष अगस्टमा, यस मुद्दाको अमेरिकी गुप्तचर समीक्षा निष्कर्षविहीन साबित भयो ।
न्यु योर्क टाइम्सले पहिलो पटक नयाँ अध्ययन गरेको र एरिजोना विश्वविद्यालयका एक विकासवादी जीवविज्ञानी गरेका दुबै अध्ययनले वुहानको बजारबाट कोरोनाको प्रकोप सुरु भएको बताएका छन् ।