
काठमाडौं । सरकारले आइतबार सार्वजनिक बिदा दिने भएको छ ।
गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता फणिन्द्रमणि पोखरेलले सूचना जारी गरी बिदा दिने निर्णय भएको जानकारी गराएका हुन् ।
गृह मन्त्रालयले शनिबार सूचना प्रकाशन गरी रामनवमीको अवसरमा देशभरका सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको उल्लेख गरेको छ ।