
काठमाडाैं । आइतबार सुनकाे मूल्य बढेर पुन: एक लाख रुपैयाँभन्दा बढी भएकाे छ ।
शुक्रबार तोलामा ९९ सय हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आइतबार तोलामा ८ सय रुपैयाँले बढेर एक लाख तीन सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आइतबार चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेर १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।