
सोल । दक्षिण कोरियामा गत शनिबार मध्यरातसम्म अर्थात २४ घण्टाको समयाअवधीमा कोरोना भाइरसका एक लाख ६४ हजार ४८१ नयाँ सङ्क्रमित थपिएका छन् ।
याेसहित कुल सङ्क्रमितको सङ्ख्या एक करोड ५३ लाख ३३ हजार ६७० पुगेको स्वास्थ्य अधिकारीहरुले आइतबार बताएका छन् ।
दक्षिण कोरियमा हाल अत्यधिक रुपमा कोरोना भाइरस ओमिक्रोन भेरियन्ट फैलिएको जनाइएको छ । गत २४ घण्टा भएमा सङ्क्रमित मध्ये २८ हजार ९०१ जना सोलका बासिन्दाहरु रहेका छन् ।
ग्योन्गी प्रान्त र पश्चिमी बन्दरगाह सहर इन्चेनमा बसोबास गर्ने नयाँ संक्रमितको संख्या क्रमशः ४२ हजार ३५३ र ८ हजार ५९४ रहेका समाचारमा जनाइएको छ ।
हाल गम्भीर अवस्थामा रहेका संक्रमितको संख्या अघिल्लो दिनको तुलनामा १५ ले बढेर १ हजार ११४ पुगेको छ ।
कोभिड–१९ बाट थप ३२९ जनाको मृत्यु भएको पुष्टि भएपछि हाल दक्षिण कोरियामा कोरोनाबाट कुल मृतकको संख्या संख्या १९ हजार ४२१ पुगेको छ । कुल मृत्यु दर ०.१३ प्रतिशत रहेको समाचारमा जनाइएको छ ।
यहाँ चार करोड ४५ लाख १४ हजार ४६२ जनाले कोरोना भाइरसविरुद्ध खोपको दुई डोज प्राप्त गरेका छन् । कोरोनाको दुई डोज प्राप्त गर्ने यो संख्या कुल जनसंख्याको ८६.७ प्रतिशत हाे ।