
किभ । युक्रेनी अधिकारीहरूले राजधानी किभ नजिकै दर्जनौँ व्यक्तिहरूको शव एकैठाउँमा भेटिएको बताएका छन् ।
रुसी सेनाले किभको उत्तरी क्षेत्रबाट पूर्वी क्षेत्रतर्फ आक्रमण केन्द्रित गरेपछि उत्तरी क्षेत्रमा दर्जनौँको शव भेटिएको युक्रेनले जनाएकाे हाे ।
किभ नजिकैको बुझोवा गाउँका एक अधिकारीलाई उद्धृत गरी त्यहाँकाे पेट्रोल स्टेसन नजिकैको नालीमा दर्जनौँ व्यक्तिको शव भेटिएको रोयटर्सले समाचार प्रकाशन गरेको छ । किभ नजिकै थुप्रै स्थानमा एकैठाउँमा थुप्रै व्यक्तिको शव फेला परेकाे पनि बताइएको छ ।
किभ वरपरका थुप्रै क्षेत्र रुसी सेनाले नियन्त्रणमा लिएको थियो । रुसले आफ्ना नागरिकमाथि बर्बरतापूर्वक हत्या गरेको आरोप युक्रेनले लगाएको छ ।