
काठमाडौं । सुनको मूल्यमा सोमबार सामान्य गिरावट आएकाे छ । आइतबारकाे तुलनामा साेमबार सुनकाे मूल्य तोलामा दुई सय रुपैयाँले घटेको हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार छापावाल सुनको भाउ तोलाको एक लाख एक सय रुपैयाँ कायम भएको छ । आइतबार सुन तोलाको एक लाख तीन सय रुपैयाँमा कारोबार भएको थियो ।
साेमबार तेजावी सुनको मूल्य तोलाको ९९ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ भने स्थिर छ ।
आइतबार एक हजार तीन सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी साेमबार पनि सोही मूल्यमा काराेबार भइरहेकाे छ ।