
भारत । भारत झारखण्डमा आइतबार केबलकार एक-आपसमा ठोक्किएर दुई जनाको मृत्यु भएको छ ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार झारखण्डको देउघर जिल्लाको त्रिकुट पहाडमा रहेको रोपवेमा चलिरहेका दुई केबलकार आइतबार साँझ ठोक्किएका हुन् ।
त्यसपछि अन्य केबलकार पनि जहाँको त्यहीँ रोकिएका थिए । १२ वटा केबलकारमा अहिले पनि ४८ जना मानिसहरू अड्किरहेकाे उनीहरुकाे उद्धार हुन नसकेकाे बताइएकाे छ ।
केबलकारमा रोकिएकाहरुका लागि ड्रोनको सहायताले खाना र पानी पुर्याइएको पनि बताइएकाे छ ।
#WATCH | Rescue operation underway at ropeway site near Trikut in Deoghar, Jharkhand pic.twitter.com/1g1qugjuTS
— ANI (@ANI) April 11, 2022
भारतीय वायु सेनाको हेलिकप्टरको सहायताले उनीहरूको उद्धार प्रयास भइरहेको छ । नेसनल डिजास्टर रेस्पोन्स फोर्सका सुरक्षाकर्मी पनि परिचालन गरिएको छ ।
त्रिकुट रोपवे झारखण्डको लोकप्रिय पर्यटकीय गन्तव्य हो । आइतबार रामनवमीका अवसरमा त्यहाँ पर्यटकको घुइँचो लागेको थियो ।
प्राविधिक कारणले दुर्घटना भएको बताइएको छ ।