भक्तपुरमा मोटरसाइकल दुर्घटनामा चार महिनाकी बालिकाको मृत्यु

काठमाडाैं । भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा चार महिनाकी बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचखाल नगरपालिका-१ की लोसाङ डोल्मा तामाङ रहेकाे प्रहरीले जनाएकाे छ ।

बालिकाकाे उपचारका क्रममा न्युरो अस्पतालमा मृत्यु भएकाे हाे । प्रदेश-०२-०२१प ६७६२ नम्बरको मोटरसाइकल मंगलबार बिहान आफैँ दुर्घटनामा परेकाे थियाे ।

मंगलबार बिहान साढे ४ बजे साँगाबाट जगातीतर्फ आइरहेकाे माेटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हाे । दुर्घटनामा बालिकाका बुवा २२ वर्षीय बुद्ध तामाङ र उनकी आमा २१ वर्षीय सुस्मिता तामाङ घाइते भएका थिए ।

उनीहरु उपचारपछि घर फर्किएकाे पनि प्रहरीले जनाएकाे छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१