
काठमाडाैं । सुनको भाउ मंगलबार ताेलामा आठ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको १ लाख ९ सय रुपैयाँ कायम भएको छ ।
यसअघि, सोमबार सुन तोलाको १ लाख १ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार तेजावी सुनको भाउ तोलाको १ लाख ४ सय रुपैयाँ निर्धारण भएको छ ।
चाँदीको भाउ पनि ताेलामा १५ रुपैयाँले बढेको छ । सोमबार १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार १ हजार ३ सय ८० रुपैयाँ निर्धारण भएको छ ।