मेक्सिकोमा एकै परिवारका आठ जना सदस्यको गोली हानी हत्या

काठमाडाैं । मेक्सिकोमा एकै परिवारका आठ जना सदस्यको गोली हानी हत्या गरिएको छ । मेक्सिकोको टुल्टेपेक नगरपालिकाको एक घरमा रहेका आठ जना परिवार सदस्यको हत्या भएको त्यहाँकाे महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ ।

उक्त हत्या साेमबार भएको थियो । मारिएकामा छ जना महिला र दुई पुरुष छन् । त्यस्तै, चार जना बालबालिका पनि रहेका कार्यालयले जनाएको छ । अज्ञात व्यक्तिले परिवारका ती सदस्यको हत्या गरेको बताएका छन् । हत्यामा संलग्न भएका व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

अज्ञात व्यक्तिले घरैमा पुगेर उनीहरुको हत्या गरेको देखिएको प्रहरीले जनाएको छ । अधिकारीहरुका अनुसार सबै जनालाई गोली हानिएको छ । गोली लागेर सात जनाको घरमै निधन भएको थियो भने एक जनाको अस्पतालमा निधन भएको समाचारमा जनाइएकाे छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१