बढ्याे सुन र चाँदीको मूल्य

काठमाडाैं । बुधबार नेपाली बजारमा सुन र चाँदीको भाउमा वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले बढेको हो ।

अब छापावाल सुनको भाउ प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँ पुगेको छ भने तेजावी सुनको भाउ १ लाख १ हजार रुपैयाँ पुगेको छ ।

बुधबार चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१