फिलिपिन्समा बाढी र पहिरोबाट ५८ को मृत्यु

फिलिपिन्समा बाढी र पहिरोबाट ज्यान गुमाउने व्यक्तिको संख्या ५८ पुगेको सरकारी अधिकारीहरुले बुधबार जनाएका छन् । उद्धारकर्ताहरूले हिमपहिरोले प्रभावित क्षेत्रहरुमा थप शवहरु निकालेका पनि ती अधिकारीहरुले थप जानकारी दिएका छन् ।

यो वर्ष फिलिपिन्समा पहिलोपटक यस्तो आँधी आएको हो । वर्षको औसतमा २० वटा ट्रपिल स्ट्रोम फिलिपिन्समा आउने गरेको छ । आँधीबाट जोगिनका लागि १३ हजार भन्दा बढी मानिस सुरक्षित स्थानमा गएका छन्।

भारी वर्षा र तीव्र गतिको हावाका कारण विद्युत आपूर्ति बन्द भएको छ भने घरमा बाढी पसेको छ । यस्तै लेदोसहितको पहिरोले गाउँको जनजीवन प्रभावित भएको छ । ‘मेगी’ नाम दिइएको यस शक्तिशाली आँधीका कारण लेयटको मध्य प्रान्तको बेबे शहर वरपरका गाउँहरूमा धेरै व्यक्तिको मृत्यु भएको समाचारमा जनाइएको छ ।

मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । स्थानीय रुपमा एगातोन भनिने मेगी गएको आइतबार फिलिपिन्सको तटीय क्षेत्रमा ठोक्किएको थियो ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१