उपत्यकासहित वाग्मती प्रदेशमा अब गाडी चढ्ने बितिकै २० रुपैयाँ भाडा

काठमाडौं । काठमाडौं उपत्यकासहित वाग्मती प्रदेशमा सार्वजनिक यातायातका साधन र ट्याक्सीको बढेको भाडा बिहीबारदेखि लागू भएकाे छ ।

पछिल्लो समय इन्धनमा भएको मूल्यवृद्धिपछि संघीय सरकारले केन्द्रीय भाडा १० देखि १५ प्रतिशतले बढाएपछि वाग्मती प्रदेश सरकारले पनि भाडादर समायोजन गरेको थियो ।

बिहीबारदेखि सार्वजनिक सवारी साधनको ५ देखि २० किलोमिटरसम्मको भाडादर २ देखि ३ रुपैयाँसम्म बढेको छ । काठमाडौं उपत्यकामा ५ किलोमिटरसम्मको दूरीका लागि २ रुपैयाँ बढेको छ भने २० किमिभन्दा बढीका लागि ३ रुपैयाँ बढेको छ ।

नयाँ भाडाअनुसार ५ किमिमा २० रुपैयाँ हुनेछ भने २० किमिभन्दा बढीको दूरीमा भाडा ३८ रुपैयाँ भाडा पुगेको छ।

सुरुमा ट्याक्सी चढ्दा ५० रुपैयाँ कायम गरिएको छ । यसैगरी वाग्मती सरकारले ट्याक्सीको प्रति २०० मिटरको भाडा १० रुपैयाँ बनाएको छ । प्रतीक्षा शुल्क प्रतिमिनेट १.२० रुपैयाँ तोकेको छ । बढीमा ३० मिनेटसम्म मात्र प्रतीक्षा गर्न पाइने छ ।

रात्रिकालीन ट्याक्सीको भाडादर प्रति २ सय मिटर १३ रुपैयाँ तोकिएको छ। मालवाहक सवारीको भाडा १३ प्रतिशतले बढाइएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१