रुसले गर्‍यो युक्रेनका ३० जना भाडाका सैनिक मारेकाे दाबी

कीभ । रुसले शुक्रबार युद्धग्रस्त देशको उत्तरपूर्वी क्षेत्र खार्किभमा युक्रेनी सेनाका लागि लडिरहेका पोल्याण्डका ३० जना भाडाका सैनिक मारेको दाबी गरेको छ ।

रुसी रक्षा मन्त्रालयले आफ्नो रणनीतिक रकेट सेनाले खार्किभ शहरबाट टाढा रहेको इज्युमस्कोई गाउँमा गरेको आक्रमणमा ३० जना भाडाका सैनिकहरूलाई मारेको बताएको हाे ।

रसिया र युक्रनबीच युद्ध सुरु भएकाे ५० दिन पुगेको छ । युक्रेनका दुई विद्रोही क्षेत्रलाई रसियाले ‘स्वतन्त्र राज्य’ को मान्यता दिएपछि सुरु भएको युद्धमा दुवैतर्फ हजारौँ मानिसको मृत्यु भइसकेको छ ।

४६ लाख भन्दा बढी मानिस युक्रेनबाट पलायन भइसकेकाे पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सोचेको भन्दा लामो समय युद्ध जारी रहँदा रसियामाथि पनि ठूलाे ‘धक्का’ लागेको छ । युक्रेनका कयौँ शहरमा नागरिकहरुको हत्या भएको रिपोर्टहरु सार्वजनिक भएपछि अहिले रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनको आलोचना भइरहेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१