नेपालमा काराेना भाइरसकाे सक्रिय संक्रमित ५०० भन्दा कम

काठमाडाैं । नेपालमा शुक्रबार कोभिड-१९ को सक्रिय सङ्क्रमित सङ्ख्या ४३८ जना छ ।

कोभिड महामारीको एक वर्षअघिको दोस्रो लहरयता पहिलो पटक सक्रिय सङ्क्रमितको सङ्ख्या बिहीबार ५०० भन्दा कम पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे हो । काेभिड १९ संक्रमित घटिरहे पनि सजगता अपनाउन स्वास्थ्य अधिकारीहरुले अपिल गरिरहेका छन् ।

पछिल्लाे समय नेपालमा काेभिड संक्रमित घटेपछि भीडभाड बढीरहेकाे छ । याे अवस्थामा विश्वमा नयाँ काेभिड १९ काे भेरियन्ट पनि फेला परिरहेका छन् । यही कारण सजग हुनुपर्ने स्वास्थ्य अधिकारीहरुकाे भनाइ छ ।

हाल नेपालमा काेभिडकाे पूर्ण खाेप लगाइएकाे छैन । अधिकांश मानिसहरु काेभिडकाे दाेस्राे मात्राकाे खाेप लगाउन नआएकाे मन्त्रालयकाे तथ्यांक छ । बुस्टर डाेज लगाउनेकाे संख्या अत्यन्त न्युन छ । मन्त्रालयका अधिकारी भन्छन्, ‘छिमेकी देशहरूमा नयाँ भेरिअन्ट देखिएको र सङ्क्रमितहरू सङ्ख्या उच्च रहेको अवस्थामा नेपालमा समेत ह्वात्तै बढ्न सक्ने जोखिम कायम छ ।’

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१