गभर्नर निलम्बनको विरोधमा आन्दोलनमा उत्रिए राष्ट्र बैंकका कर्मचारी

काठमाडौं । सरकारले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको विरोधमा नेपाल राष्ट्र बैंकका कर्मचारीले आन्दोलन शुरु गरेका छन् ।

अधिकारीमाथिको कारबाहीको विरोधमा गत सातादेखि नै आन्दोलन थालेका कर्मचारीले आइतबार बालुवाटारस्थित केन्द्रीय कार्यालयमा कालो ब्यानर टाँगेर विरोध गरेका हुन् ।

राष्ट्र बैंक कर्मचारी संघको अगुवाइमा आन्दोलन गरेका कर्मचारीहरूले राष्ट्र बैंकमाथिको हस्तक्षेप बन्द गर्नुपर्ने, गभर्नर अधिकारीमाथिको कारबाही फिर्ता लिनुपर्नेलगायत माग राखेका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१