
काठमाडौं । स्याङ्जामा जिहान जीप पल्टिँदा सात महीने शिशुसहित ५ जनाको मृत्यु भएको छ ।
आइतबार बिहान वालिङ नगरपालिका १२ डाँडाखर्कमा जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा सात महिनाका गौरव सारु, उनकी आमा २५ वर्षीया शर्मिला सारु, ६५ वर्षीय वीरबहादुर दाला, ४५ वर्षीया हिरा दाला र ६१ वर्षकी कुलकुमारी कनौजेको मृत्यु भएको हो ।
जीपमा ११ जना सवार थिए । घाइते ६ जनाको उपचारका लागि गण्डकी मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ । जीप अनियन्त्रित भई सडकबाट करीब २ सय मिटर तल खसेको थियो ।