
काठमाडाैं । साताको कारोबारको तेस्राे दिन मंगलबार सुनको मूल्य घटेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रति तोला १ लाख २ हजार १ सय रुपैयाँ कायम भएको छ ।
सोमबार प्रति तोला १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भइ रहेको छापावाला सुन मंगलबार ४ सयले घटेर प्रति तोला १ लाख २ हजार १ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार तेजावी सुनको भाउ तोलाको १ लाख १ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ ।
यता, चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार प्रति तोला १ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको चाँदी स्थिर रहेर सोहि मूल्यमा कारोबार भइरहेको छ ।