अफगान विद्यालयमा विस्फोट, कम्तीमा ६ जनाको मृत्यु

काबुल  । पश्चिम काबुलको एउटा विद्यालयमा तीन ओटा विस्फोट भएका छन् । घटनामा परी कम्तीमा छ जनाको मृत्यु भएको र अरु केही घाइते भएको अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् ।

काबुलको पश्चिमी क्षेत्रमा भएका विस्फोटनका घटना मध्ये पहिलो विस्फोटन मुम्ताज विद्यालयमा भएको हो ।

‘माध्यामिक विद्यालयमा तीनवटा विष्फोट भएका छन् । विस्फोटमा शिया समुदायका मानिसहरू हताहत भएका छन्’, समूहका खालिद जद्रानले भने । विस्फोटबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

विस्फोटको जिम्मा कुनै समूहले लिएको छैन ।

तस्बिर : एएफपी 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१