
किभ । युक्रेनको राजधानी किभ बाहिर बोरोद्यान्का सहरमा ९ जना सर्वसाधारणको शव फेला परेको एक वरिष्ठ प्रहरी अधिकारीले बताए ।
बोरोदायन्का सहरमा फेला पारिएकामध्ये केहीलाई यातना दिइएको प्रहरीले जनाएको छ ।
‘उनीहरूलाई कब्जा गर्ने मानिसहरूले मारेका थिए र केही शवमा यातनाको संकेत देखिन्छ । मारिएका सबैजना सर्वसाधारण हुन् । कुनै प्रतिरोध नगर्ने नागरिकहरूलाई रुसी सेनाले रूसी सेनाले जानाजानी गोली हाने’ किभ क्षेत्रका प्रहरी प्रमुखले भनेका छन् ।
यसैगरी, घेराबन्दीमा रहेको युक्रेनी बन्दरगाह शहर मारिऊपोल रुसको नियन्त्रणमा जाने सम्भावना बढ्न थालेका विवरण पनि आउन थालेकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
लडाइँका कारण हप्तौँदेखि फसिरहेका कतिपय मानिसहरू बुधवार मारिऊपोलबाट निस्कन पाएका थिए ।