
भक्तपुर । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–४ चारदोबाटोचोकमा साेमबार राति टिप्परले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा स्कुटर चालक काभ्रेपलाञ्चोक घर भइ हाल भक्तपुरको चाँगुनारायण बस्ने ३२ वर्षीय ज्ञानेन्द्र मल्ल ठकुरी रहेका छन् ।
उनको उपचारको क्रममा मध्यपुर ठिमी अस्पतालमा राति सवा १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते भएका स्कुटरमा पछाडी सवार म्याग्दी घर भइ हाल चाँगुनारायण बस्ने ३३ वर्षिय बिमल श्रेष्ठको सोही अस्पतालमा उपचार भैरहेको छ ।
बा ४ ख ८५८१ नम्बरको टिप्परले साेमबार राति साढे १२ बजे बाग्मति प्रदेश ०२–०२३ प ७७६९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
दुवै सवारी साधन र टिप्पर चालकलाई नियन्त्रणमा लिएको प्रहरी वृत्त ठिमीले जानकारी दिएको छ ।