
काठमाडाैं । परीक्षण उडानको लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा गएको नेपाल एअरलाइन्सको जहाज रनवे मै अड्किएको छ ।
जहाज अवतरण भएपछि पार्किङमा लैजाने क्रममा घुम्ती नपुगेपछि रनवे मै अड्किएको महाप्रबन्धक गोविन्द प्रसाद दाहालले जानकारी दिए ।
२० मिनेटदेखि अड्किएको जहाजलाई निकाल्ने प्रयास भइरहेको छ । परीक्षण उडानको लागि २ सय ६० जना यात्रु बोकेर जहाज भैरहवा गएको थियो ।
सुरक्षित अवतरण भए पनि पार्किङमा लैजाने क्रममा जहाज अड्किएकाे हाे । जहाजले बिहीबार ‘अप्रेसनल पर्फमेन्स टेस्ट फ्लाइट’ परीक्षण उडान गरेको हो ।
नेपालको उड्डयन इतिहासमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ठूलो जहाजले उडान भरेको हो ।
फाइल तस्बिर ।