शुक्रबारदेखि जहाज नउडाउने आन्तरिक वायुसेवा कम्पनीको चेतावनी, निर्णय सच्याउन माग

काठमाडाैं । आन्तरिक वायुसेवा कम्पनीले शुक्रबार रातिदेखि उडान बन्द गर्ने चेतावनी दिएका छन् ।

१८ घन्टा विमानस्थल सञ्चालन गर्न भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ तालिका र स्लट सार्वजनिक गरेपछि वायुसेवा सञ्चालक सङ्घ नेपालले त्यसलाई कार्यान्वयन नगर्ने र जबरजस्ती गरिए सबै उडान बन्द गर्ने चेतावनी दिएको हो ।

विविध प्राविधिक कारणले तत्कालको लागि राति आठ बजेपछि नियमिततर्फका उडान गर्न सक्ने अवस्था नरहेको जानकारी गराउँदा गराउँदै पनि प्राधिकरणले बुधवार नयाँ स्लटको व्यवस्था गरेर पत्र पठाएको भन्दै सङ्घले आपत्ति जनाएको छ ।

प्राधिकरणले व्यावहारिक पक्ष नै नहेरिकन एकैपटक राति १२ बजेसम्म उडान गर्न भन्दै नयाँ तालिका र स्लट दिएकाले बाध्य भएर उडान बन्द गर्ने चेतावनी दिनुपरेको संघकाे भनाइ छ ।

प्राधिकरणले रात्रिकालीन उडान हुने विमानस्थलमा भोलिदेखि दैनिक १८ घन्टा उडान गर्ने निर्णय गरिसकेको छ ।

याे पनि पढ्नुहाेस् ।

यी सात विमानस्थल बिहीबारदेखि दैनिक १८ घण्टा चल्ने, अब राति पनि उडान

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१