सांघाइमा घटे कोरोना भाइरसका संक्रमित

काठमाडाैं । चिनियाँ सहर सांघाइमा कोरोना भाइरसका संक्रमित घटेका छन् ।

सांघाइका स्वास्थ्य अधिकारीहरुले गएको २४ घन्टामा यहाँ २७४ जनामा मात्र संक्रमण देखिएको बताएका छन् । अधिकारीहरुले यहाँ अहिले पनि ५ हजार भन्दा बढी सक्रिय संक्रमित भने रहेका बताएका छन् ।

यसअघि हरेक दिन कम्तीमा पनि एक हजार जना संक्रमित पाइने गरेकामा अहिले त्यसमा कमी आएको हो । म्युनिसिपल हेल्थ कमिसनले सांघाइमा पछिल्ला केही दिनमा कोरोनाका संक्रमितहरु घट्दै गएको बताएकाे हाे ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१