बालकोनीबाट जिराफसँग खाना ‘सेयर’ गरेको भाइरल भिडियोमा के छ ?

नैरोवी। पछिल्लो समय सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ जसमा एउटी महिलाले बालकोनीबाट तीन जिराफसँग खाना ‘सेयर’ गरेको देखिन्छिन् ।

ट्विटरमा गरिएको पोष्टअनुसार त्यो ठाउँ नैरोवीको जिराफ मनोर नामक होटल हो ।

‘जिराफहरूसँग बिहानको खाजा सेयर गर्दै’, बुइटेनजिबाइडेनले सेयर गरेको पोस्टमा लेखिएको छ ।  भिडियोलाई मानिसहरूले प्रशंसा गरेका छन् । ‘म ६ वर्षअघि जिराफ मनोर गएको थिएँ ! त्यहाँ आगन्तुकहरूले जिराफहरूलाई खुवाउन एक प्रकारको भाँडा उपलब्ध हुन्छ । जिराफलाई बिहान र दिउँसो खुवाउने मौका पाउनुहुन्छ’, एक प्रयोगकर्ताले ट्वीट गरे ।

विशिष्ट लुक र अनौठो उपस्थितिका कारण मानिसहरूले सामाजिक सञ्जालमा जिराफको भिडियोहरू हेर्न मन पराउँछन् । ‘संसारमा यति धेरै संकटबीच तपाइँको जनावरको विशेषताले कसैको जीवन शान्त बनाउँछ’, एक प्रयोगकर्ताले टिप्पणी गरे ।

‘ओएमजी मलाई मन पर्‍यो’, अर्का तेस्रा प्रयोगकर्ता टिप्पणी गर्छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१