एनआरएनए जापान कान्तोले आइतबार वृहत् बीबीक्यू कार्यक्रम गर्ने

जापान । एनआरएनए जापान कान्तोले मे ८ तारिक आइतबार वृहत् बीबीक्यू कार्यक्रम गर्ने भएको छ ।

कोभिड-१९ का कारण विगत दुई वर्षदेखि ठूला कार्यक्रमहरु गर्न नसकेको र हाल कोरोना केही मत्थर भएको मौका छोपेर कार्यक्रम गर्न लागेको संयोजक दिपेश केसिले जानकारी दिए ।

कार्यक्रम सफल पार्न एनआरएनए जापान कान्तोका उपसंयोजक सैलेन्द खड्का र सुरेश केसिको बीबीक्यू संयोजकत्वमा सम्पूर्ण कान्तो टिम रहेको कार्यक्रम सफल सुरक्षित एवम् मनोरञ्जत्माक बनाउन कुनै कसर बाँकी नराख्ने कान्तो उप संयोजक सैलेन्द खड्काले जानकारी दिए ।

साथै सो समितिले जापानस्थित विभिन्न संघ, संस्थाका प्रतिनिधि लगायत सम्पूर्ण जापानवासी नेपाली दाजुभाई, दिदिबहिनीहरुलाई उपस्थित हुन अनुरोध गरेको छ । लामो समयको कोरोनाको कहर पछि एनआरएन जापान कान्तो कमिटीले पुनर्मिलन तथा मनोरन्जन समेत दिने योजना अनुसार वर्षकै पहिलाे बीबीक्यू कार्यक्रम हो । कार्यक्रम आइतबार १० बजेदेखि ४ बजेसम्म ओमे स्टेशनबाट नजिक Kamanofuchi Park 1392 Oyanacho, Ome, Tokyo 198-0086 0428-22-1111 https://g.co/kgs/moCeW1〒198-0086 東京都青梅市大柳町1392 मा हुनेछ।

कोरोना कहर सम्पूर्ण रुपमा समाप्त भइ नसकेको अवस्था रहेकोले कार्यक्रमको सम्पूर्ण तयारी स्वास्थ्य मापदण्डलाई पालना गरेर गर्न लागिएको सचिव सागर कार्कीले जानकारी दिए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१