
काठमाडाैं । अमेरिकाले प्रदान गर्ने डाइभर्सिटी भिसा अर्थात डीभीको नतिजा सार्वजनिक भएको छ । सन् २०२३ का लागि गएको अक्टोबरमा आवेदन दिएकाहरुको नतिजा सार्वजनिक भएको हो ।
डीभी परेकालाई सन् २०२३ सेप्टेम्बर ३० भित्र अमेरिकी भिसा जारी भइसक्नु पर्ने नेपालमा रहेको अमेरिकी दूतावासले जनाएको छ । डीभी परे नपरेको थाहा पाउनका लागि https://dvprogram.state.gov मा गएर आफ्नो कन्फरमेसन नम्बर, लास्ट नेम, जन्म मिति राखेर नतिजा हेर्न सकिने व्यवस्था छ ।
कन्फरमेसन नम्बर बिर्सिएको भए फर्गेट कन्फरमेसन नम्बरमार्फत मागेको विवरण भरेर नम्बर लिन सकिने अमेरिकी दूतावासले जनाएको छ । साथै दूतावासले अमेरिकी सरकारका कुनै पनि निकाय वा दूतावासले कसैलाई पनि डीभी परेको भनी इमेल नगर्ने भएकाले त्यस्ता भ्रमबाट बच्न पनि आग्रह गरेको छ ।
सन् २०२३ मा डीभी कार्यक्रमका लागि सन् २०२१ को अक्टोबर ६ मा आवेदन खुलेको थियो ।