शुक्रबार आन्तरिक उडान बन्द हुने

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय निर्वाचनको दिन आन्तरिक हवाई उडान सेवा बन्द हुने भएको छ । वायुसेवा सञ्चालक संघ नेपालमा आवद्ध रहने सबै सदस्य वायुसेवाहरूको नियमित उडान बन्द हुने संघले जनाएको हाे ।

स्थानीय तहको निर्वाचन हुने भएकाले सोही दिन सम्पूर्ण सार्वजनिक यातायातदेखि उडान सेवासमेत बन्द हुने भएको हो । संघका अनुसार मानवीय उद्धार, सहायता र सरकारको निर्देशनबाहेक अन्य उडान सबै बन्द हुनेछ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१