
प्योङयाङ । उत्तर कोरियामा कोभिडबाट बाट थप २१ जनाको मृत्यु भएको छ ।
उत्तर कोरियाले संक्रमण भएको घोषणा गरेको दुई दिनपछि २१ जनाको मृत्यु भएको घोषणा गरेको हो । कोभिड संक्रमण देखिएपछि देशव्यापी लकडाउन घोषणा गरिएको छ ।
शुक्रबार १ लाख ७४ हजार ४४० जनामा संक्रमण देखिएको जनाएको थियो । लामाे समयसम्म काेराेना संक्रमण नदेखिएकाे दाबी गरिएकाे उत्तर काेरिया यतिबेला काेभिडकाे संकटमा जुधिरहेकाे छ ।
चीनमा पनि पछिल्लाे समयमा संक्रमण दर बढेकाे छ ।