भरतपुरमा रेणु दाहालकाे मतान्तर साँघुरियाे, १४ मतले मात्र अगाडि

चितवन । भरतपुर महानगरपालिकामा एमालेबाट मेयरका उम्मेदवार विजय सुवेदीले मतान्तर साँघुरो बनाएका छन् ।

साढे ६ बजेको मतपरिणामअनुसार रेनु मात्र १४ मतले अघि रहेकी छन् । भरतपुर महानगरपालिकामा हालसम्म ६४७७ मत गणना भएको बताइएकाे छ ।

गठबन्धनबाट दाहालले २३१७ तथा एमालेका सुवेदीले २३०३ मत पाएका छन् ।

काँग्रेसको बागी बनेर स्वतन्त्र उम्मेदवार बनेका जगन्नाथ पौडेलले मत बढाएका छन् । उनले हालसम्म ७६१ मत पाएका छन् ।

यस्तै, उपमेयरमा गठबन्धनबाट चित्रसेन अधिकारीले २५५२ मत तथा राप्रपाबाट हिमला गुरुङले १८४९ मत पाएकी छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१