भरतपुरको मेयरमा पुन: रेणुले लिइन् अग्रता

चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा फेरि नेकपा माओवादी केन्द्रकी रेणु दाहालले अग्रता लिएकी छन् ।

सोमबार दिनभर नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता लिए पनि साँझतिर रेणुले अग्रता लिएकी हुन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार १५ हजार ३१ मत गणना हुँदा रेणुले पाँच हजार ३९ मत पाएकी छन् भने विजयले पाँच हजार २७ मत पाएका छन् ।

त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले दुई हजार ५५ मत ल्याएका छन् ।

उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ६ हजार ४३ मत र राप्रपा उम्मेदवार हिमला गुरुङले चार हजार ४२ मत पाएकी छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१