यस्ताे छ पाेखराकाे मतगणना अपडेट

पोखरा । हालसम्म पोखरामा १३ हजार ६ सय ४३ मत गनिएको छ । गठबन्धन उम्मेदवार धनराज आचार्य मेयरमा करिब ७ सय मतान्तरले अगाडी छन् ।

आचार्यले ५ हजार ६७ सय ४८ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी एमालेका कृष्णबहादुर थापाले ५ हजार ७८ मत पाएका छन् ।

उपमेयरमा पनि कांग्रेसकी कोपिला रानाभाटले ५ हजार ७ सय ७४ मत पाएकी छिन् भने एमालेकी मन्जुदेवी गुरुङले ५ हजार ५ सय ६४ मत पाइन् ।

हालसम्म ३ वडाको नतिजा पूरा आइसकेको छ भने अरुमा गणना भइरहेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१