भरतपुरमा ४ वडाकाे मत गन्दा रेणु दाहाल ३० मतले अगाडि

चितवन । भरतपुर महानगरपालिकाका ४ वटा वडाको मतगणना सम्पन्न हुँदा गठबन्धनकी उम्मेदवार रेणु दाहालले ३० मतको अग्रता कायम गरेकी छिन् ।

हालसम्म १७ हजार ३४ मत गणना हुँदा दाहालले ५ हजार ७ सय १८ मत प्राप्त गरेकी छिन् । उनलाई नेकपा एमालेका विजय सुवेदीले ५ हजार ६ सय ८८ मतसहित पछ्याइरहेका छन् ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ७ सय ८८ मत ल्याएका छन् । वडा नम्बर ५ को मतगणना सुरु भएकाे छ ।

भरतपुरमा २९ वटा वडा रहेका छन् । अब २५ वटा वडाको मत गन्न बाँकी छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१