
काठमाडाैं । काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार दिएका बालेन शाहले ९ हजार मत कटाएका छन् ।
पछिल्लो पटक सार्वजनिक मतपरिणामअनुसार उनले ९६०५ मत पाएका छन् । नेकपा एमालेका केशव स्थापितले ५१०४ मत पाएका छन् ।
तेस्रो स्थानमा रहेकी गठबन्धन तर्फबाट कांग्रेसकी सिर्जना सिंहले ४ हजार ४ सय ८३ मत ल्याएकी छिन् ।
बालेन शाहले काठमाडौंमा लगातार अग्रता बनाइरहेका छन् । मत गणना सुरु भएदेखि अग्रता लिएका उनले पछिल्लो पटक मतान्तर पनि बढाइरहेका छन् ।