हेटौँडामा त्रिपक्षीय राेचक भिडन्त : फेरि राप्रपाको अग्रता

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाको मेयर पदको लागि त्रिपक्षीय भिडन्त थप रोचक बन्दै गएको छ ।

उपमहानगरपालिकाको २२ हजार ८५० मत गणना गरिसक्दा मेयर पदमा राप्रपाबाट उम्मेदवारी दिएक दीपक बहादुर सिंहले फेरि अग्रता लिएका छन् ।

सिंहले अहिलेसम्म ८ हजार २६५ मत प्राप्त गर्दै अग्रता लिएका छन् ।

गठबन्धनबाट उम्मेदवारी दिएकी नेकपा एकीकृत समाजवादीकी मीना कुमारी लामा ८ हजार ६७ मत ल्याउँदै दोस्रो स्थानमा रहेकी छिन् भने नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले ६ हजार ५२१ मत प्राप्त गर्दै राप्रपाका सिंह भन्दा १ हजार ७४४ मतान्तरले पछि परेका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१