भरतपुरमा रेणु दाहालले बढाइन् अग्रता, यस्ताे छ पछिल्लाे मतगणना अपडेट

काठमाडाैं । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले अग्रता बढाउँदै लगेकी छन् ।

१९ हजार ४८३ मत गणना गरिसक्दा गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी रेणु दाहालले ६ हजार ५६६ मत पाएकी छन् ।

नेकपा एमालेका विजय सुवेदीले ६ हजार ३६९ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार १९९ मत प्राप्त गरेका छन् ।

उपमेयरतर्फ नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ७ हजार ९७८ मत पाएर अग्रता कायम राखेका छन् । राप्रपाकी हिमला गुरुङले ५ हजार २२९ मत प्राप्त गरेकी छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१