
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक बिदाको दिन सरकारी सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ ।
बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिए ।
पाैडेलका अनुसार अति आवश्यक परेकाे खण्डमा जिल्ला प्रशासन कार्यालयबाट पास उपलब्ध गराइनेछ, नभए सरकारी नम्बर प्लेटको गाडी चलाउन पाइने छैन ।