चौतर्फी दबाबपछि ‘बलात्कृत’ युवतीकाे सम्पर्कमा पुग्याे प्रहरी

काठमाडाैं । आठ वर्ष अगाडि भएको यौन शोषणको घटना अनुसन्धान गर्न प्रहरी टोली पीडितकहाँ पुगेको छ ।

महानगरीय अपराध महाशाखाको टोली पीडित युवतीको घरमा पुगेको हो । एसपीको नेतृत्वमा प्रहरी टोली युवतीको घरमा पुगेको प्रहरी स्राेतले बताएकाे छ ।

बुधबार साँझ युवतीले सामाजिक सञ्जालामा भिडियो पोस्ट गरेर २०७१ सालमा भएको घटनाबारे सार्वजनिक गरेकी थिइन् । सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि प्रहरीमाथि पनि प्रश्न उठेपछि प्रहरीले घटनाको अनुसन्धान थालेको हो ।

२०७१ सालमा भएको मिस ग्लोबल इन्टरनेश्नल नामक ‘ब्युटी प्याजेन्ट’का क्रममा होटलमा आफूमाथि बलात्कार भएको उनले भिडियोमा बताएकी छिन् । उनले आफूलाई बलात्कार गर्ने र उनलाई साथ दिनेबारे खुलाएकी छिन् ।

खानेकुरामा नशालु पदार्थ राखेर बेहोस बनाइ करणी गरेको उनको आरोप छ । त्यसपछि पनि फोटो र भिडियोका लागि भनेर पटक-पटक करणी गरेको पीडित किशोरीको दाबी छ ।

याे पनि पढ्नुहाेस् ।

‘ब्युटी पेजेन्ट’ आयाेजकबाट बलात्कार भएकाे दाबीसहितकाे भिडिओ सार्वजनिक भएपछि सामाजिक सञ्जालमा आएकाे तरंग

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१