
झापा । झापाको गौरीगञ्जमा एकजना म्यादी प्रहरी पक्राउ परेका छन् । १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उनी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे हाे ।
पक्राउ पर्नेमा उदयपुरको ताप्ली गाउँपालिका ५ का ३० वर्षीय कमलप्रसाद पोख्रेल छन् । ५ वर्ष अघि २०७४ साल जेठ ३ गते उदयपुरको ताप्लीमा रहेको गहते जंगलमा लगेर बालिकालाई बलात्कार गरेको आरोपमा पोख्रेल पक्राउ परेका हुन् ।
बालिका बेहोस भएपछि उनी फरार थिए ।फरार रहेका पोख्रेललाई प्रहरीले खोजिरहेको भए पनि भेट्न सकेको थिएन ।
तर स्थानीय तह चुनावका लागि झापामा म्यादी प्रहरीका लागि आवेदन दिएर छनोट प्रक्रिया पूरा गरी म्यादी प्रहरीमा कार्यरत रहेकै बेला उनलाई प्रहरीले झापाको गौरीगञ्जबाट पक्राउ गरेको हो । पक्राउ परेका पोख्रेललाई थप अनुसन्धानका लागि उदयपुर पठाइएको झापा प्रहरीले जनाएको छ ।