बलात्कार आरोपी मनोज पाण्डे पक्राउ

काठमाडाैं । ब्युटी प्याजेन्टको नाममा नाबालिगमाथि बलात्कार गरेको आरोप लगेका मनोज पाण्डे पक्राउ परेका छन् । पाण्डेलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको प्रहरी स्रोतले जनाएकाे छ ।

एक युवतीले सामाजिक सञ्जालमार्फत पाण्डेमाथि आफू नाबालिग छँदा बलात्कार तथा यौनशोषण गरेको आरोप लगाएकी थिइन् ।

शुक्रबार यो विषय संसद्‍मा समेत उठेको थियो । नेपाली काँग्रेसका सांसद् गगनकुमार थापाले यस विषयमा संसद्को ध्यानाकर्षण गराएका थिए ।

भिडियोबारे अनुसन्धान गरी आवश्यक कारबाही गर्न गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा प्रहरी प्रधान कार्यालयले पाँच सदस्यीय समितिसमेत बनाएको छ ।

प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुँवरको नेतृत्वको समितिमा प्रहरी उपरीक्षक कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक कोपिला चुडाल, प्रहरी नायब उपरीक्षक हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का रहेका छन् ।

सम्बन्धित समाचार 

‘ब्युटी पेजेन्ट’ आयाेजकबाट बलात्कार भएकाे दाबीसहितकाे भिडिओ सार्वजनिक भएपछि सामाजिक सञ्जालमा आएकाे तरंग

चौतर्फी दबाबपछि ‘बलात्कृत’ युवतीकाे सम्पर्कमा पुग्याे प्रहरी

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१