
भैरहवा । जजिरा एयरको विमान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा चरासँग ठोकिएको आशंका गरिएकाे छ ।
सोमबार बिहान २ बजे कुवेतबाट आएको विमान विमानस्थल परिसरमा चरासँग ठोक्किएको विमानस्थल स्रोतले जानकारी दिएको छ ।
१२१ जना यात्रु बोकेर जजिरा एयरलाइन्स आएको थियो । विमान अवतरण गरेपछि चरा सँग ठोक्किएको पाइलटहरुले आशंका गरेका छन् ।
रनवेमा चरा नदेखिएपछि जहाजकाे इन्जिनमा गएकाे हाे कि भन्ने आशंकामा जहाज हाेल्ड गरिएकाे छ ।
अब एयरलाइन्सका इन्जिनियरले विमान जाँच गरेर मात्रै उडान गरिने बताइएकाे छ । २ जेठदेखि गौतमबुद्ध अन्तर्रास्ट्रिय विमानस्थलमा नियमित सोमबार, बुधबार र शुक्रबार उडान गरिरहेको छ ।